दफा
जिल्ला विषयगत सहकारी सङ्घको गठन
: सहकारी व्यवसायको विकास, प्रवर्द्धन र बजारीकरण लगायतका कार्य गर्न दफा १५ बमोजिम दर्ता भई कार्यरत रहेका कम्तीमा एघार वटा संस्थाहरूले आपसमा मिली आफ्नो विषयको जिल्ला विषयगत सहकारी सङ्घ गठन गर्न सक्नेछन् ।
तर नेपाल सरकारले ‘क’ वर्ग भनी तोकेका दुर्गम क्षेत्रका जिल्लाहरूमा कम्तीमा छ वटा संस्थाहरू आपसमा मिली जिल्ला विषयगत सहकारी सङ्घ गठन गर्न सक्नेछन् ।